ब्रेकिंग न्युज

वनलाई आम्दानीसंग जोड्न वन मन्त्री गिरीको आग्रह



बुटवल, ७ साउन  प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले वनलाई आम्दानीसंग जोड्न नसकिएसम्म वन संरक्षणको प्रयास सार्थक नहुने बताउनु भएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसको अवसरमा बुधवार रुपन्देहीको सैनामैना नगरपालिकाले सैनामैना ९ को इँगुरिया सामुदायिक वनमा आयोजना गरेको चिउरीको रुख बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री गिरीले नेपालको वनलाई जनताको जीवनसंग जोड्ने र त्यसबाट आम्दानी लिन सकिने आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो । 

        मन्त्री गिरीले चिउरीको रुखबाट आयुर्वेदिक दवाई उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने भन्दै त्यसबाट मौरी चरन तथा मह उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कोरोना पराजित गर्न आयुर्वेदिक दवाईको महत्व विश्वले ज्ञान पाएको भन्दै मन्त्री गिरीले राष्ट्रिय वनमा जडिबुटीजन्य रुख रोपेर बढाउन सके त्यसबाट आम्दानी लिन सकिने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सभाकी सांसद कमला विश्वकर्माले सैनामैना नगरपालिकाले बृक्षारोपण गर्दा चिउरीको रुख नै रोजेकोमा धन्यबाट दिदै यस्ता आयुर्वेदिक जडिबुटीजन्य रुप रोप्न प्रोत्साहन दिनुपर्ने धारणा राख्नुभयो ।           
       सैनामैना नगरपालिकाका प्रमुख चित्रवहादुर कार्कीले चिउरीको बोट आफैमा औषधीय गुण भएको बनस्पति भएकोले यसलाई हुर्काउन बढाउन सकिए स्थानीय जनताको जीवनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्रप्रसाद शर्माले वीपी कोइराला र पुष्पलालको स्मृति दिवसको अवसरमा सैनामैना नगरपालिकाले २० हजार चिउरीको रुख रोपेकोमा धन्यबाद दिदै तिनको संरक्षण गर्न अनुगमन गर्न माग गर्नुभयो ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६