जीवनशैली

बिरोधको मिठो शैली : चर्चित राजधानी शहरमा सडक मै फल्ने भयो केरा



लमही ८ असार प्रदेश ५ को राजधानीको मुख्य चर्चामा रहेको मध्ये पूर्व पश्चिम राजमार्ग   दाङको मुख्य सडमा केरा रोपिएको  छ । भालुवाङदेखि लमहीसम्मको सडक मर्मत नहुँदा जिर्ण बनेको सडकमा खाल्टा खुल्टीले आवत आवतमा निक्कै कठिनाइ भएपछि विरोध जनाउन यस्तो गरिएको स्थानीयको भनइछ  ।

        सडकको अवस्था जीर्ण बनेपनि सडक डिभिजन कार्यालय मुखर्दशक बनेको भन्दै यहाँका स्थानियवासीहरुले बिरोध स्वरुप सडकमै केराको बोट रोपेर बिरोध गरेका छन् । गत वर्ष देखिनै पटक पटक राजमार्ग मर्मत गर्न माग राख्दै आएपनि सुनुवाइ भने भएको छैन् ।लमही नगरपालिका वडा नम्वर १ नर्तिका बासीन्दाहरुले विच सडकमा केराको बोट लगाउदै सम्वन्धीत निकायको ध्यान आकर्षण गराएको बताएका छन ।

        नर्ति निवासी घनश्याम खनाल भन्छन्, सडकको विच विचमा खाल्डा छन, मर्मत भएन त्यसैले बिरोध स्वरुप केरो रोप्यौं । यस्तो बाटोमा गाडी चलाउदा दुर्घटना हुने देखेर ध्यानाकर्षणका लागि सडकमै केरा रोपेको उनको भनाई छ ।हामी गत वर्ष पनि सडक डिभिजन कार्यालय दाङ, सडक विभाग सम्म सडकको अवश्थावारेमा डेलिकेशन गयौं ध्यान आकर्षण गरायौ तर आश्वासन मात्रै पायौ खनालले भने ।

प्रकाशित : ८ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६