बुटवल ८ साउन । भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश नं ५ सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई बुधबार सदस्य पदको मनोनयनपत्र प्रदान गरिएको छ । प्रदेश नं ५ सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दाङका बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरिएको थियो ।सङ्घीय सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको सदस्यमा सम्बन्धित प्रदेश सरकारले एकसदस्य मनोनयन गर्ने व्यवस्था भएअनुसार प्रदेश सरकार मन्त्रिपरिषद्ले बस्नेतलाई सदस्यमा मनोनयन गरेको हो ।
आदेशमा सङ्घीय सरकारले अध्यक्षसहित एक जना विज्ञ समावेश हुने गरी चार जना सदस्य तथा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सदस्यसचिव रहने गरी आयोग गठन गर्ने व्यवस्था गरिएको छ । बस्नेतलाई प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मनोनयनपत्र प्रदान गर्नुभएको हो ।
प्रतिक्रिया