अर्थ-वाणिज्य

कपिलवस्तुमा पनी छ तातोपानी । पर्यटन सँग जोड्न प्रयास गरीदै ।



चन्द्रौटा,८ साउन
मुलुकका कतिपय ठाउँहरुमा प्रकृतिले नै तोतापानी दिएको छ । पूर्वपश्चिम राजमार्गको कपिलवस्तुमा पर्ने सुरहि खोलामा पनि तातोपानी आउने गर्दछ । शिवराज नगरपालिका वडा न १ मा सुरहि खोलामा आउने तातोपानीलाई नगरपालिकाले पर्यटन सँग जोडन यस आर्थिक वर्षमा योजना निर्माण गर्न बजेट बिनियोजन गरेको छ । गर्मी मौमसमा सुरहि नदिमा पौडि खेल्न जानेहरुले तातोपानी आउने गर्दछ भन्ने जानकारी गराएपछि प्रदेश सभा सदस्य सहितको टोलि उक्त क्षेत्रको अवलोकनको लागि गएको थियो ।



नदिको छेउमा बगिरहेको पानी तातो रहेको पाएपछि नगरपालिकाले अव त्यस क्षेत्र ब्यवस्थित बनाउन योजना अघि सारेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । शिवगढी क्षेत्र सँग जोडिएको सुरहि नदिमा तातोपानी रहनुले पनि यस क्षेत्र ऐतिहासिक रहेको पुष्टि गरेको अधिकारीले बताउनुभयो । “नदिको छेउँ अफ्ट्यारो ठाउँ रहेकोले अव तोतापानीलाई सजिलो ठाउँ सम्म ल्याउने र त्यहाँ संकलन गरि जाडो मौसमा नुहाँउने ठाउँ बनाउने योजना छ,अधिकारीले भन्नुभयो, “अन्य ठाउँमा तातोपनि भएको कारण पर्यटकहरु जाने गरेकोले यस ठाउँलाई पर्यटकिय रुपमा विकास गर्न सकिन्छ,।”
शिवराज नगरपालिकाले यस वर्ष तातोपानी संरक्षणको लागि रु ८ लाख बजेट बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । यस वर्ष सुरुवात गर्ने र आगामी वर्षमा गुरुयोजना निर्माण गरेर त्यस क्षेत्र विकास गरिने उहाँले बताउनुभयो । शिवराज नगरपालिकामा पर्यटनको विकास गर्न सकेमा नगरलाई पर्यटकिय क्षेत्र बनाउन सकिने प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभयो । “तातोपानी क्षेत्रमा म अवलोकन गरेको छु,अहिले आवतजावतमा समस्या रहेपनि त्यसलाई सहज बनाउन सकिन्छ, केसीले भन्नुभयो “शिवगढी दर्शन गर्न आउने भक्तजनहरुलाई त्यस ठाउँमा नुहाएर शिवगढी दर्शन गर्नुपर्ने प्रचलन बनाउनुपर्छ, ।” गर्मीको समयमा छेउमै रहेको पोखरीमा नुहाउने र जाडो समयमा तातोपानीको पोखरी बनाएर नुहाउने ठाउँ बनाउनुपर्ने स्थानिय सरोज पौडेलको भनाई छ । पहिलेदेखि नै तातोपानी आउने भएपनि कसैले वास्ता नगर्दा ओझेलमा रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : ८ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६