कपिलवस्तु ९ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिका बेरुजु कम हुने स्थानीयतह तर्फ प्रदेश ५ कै पहिलो बनेकोछ । बाणगंगा नगरको २ अर्व १४करोड ७० लाख रकमको लेखा परीक्षण गर्दा १० लाख १७ हजार मात्र बेरुजु देखा परेको महालेखा परीक्षकको ५७ औं बार्षिक प्रतिबेदन २०७७ मा उल्लेखछ । बाणगंगाको बेरुजु प्रतिशतमा हेर्दा ०.०५ प्रतिशत मात्र हो ।
यस प्रकारको न्यून बेरुजु हुने नगर प्रदेश ५मा बाणगंगा पहिलो बनेको उपप्रमुख चक्रपाणी अर्यालले जानकारी दिनु भयो । प्रदेश ५ मा हेर्दा बाणगंगा न्यून बेरुजु हुने पहिलो पालिका बनेकोछ भने सिंगो मुलुकमा हेर्दा बाणगंगा दोश्रो स्थानमा परेकोछ । पहिलो स्थानमा इलामको मेचिनगर नगरपालिका परेको महालेखा परीक्षकको बार्षिक प्रतिबेदनमा उल्लेखछ । मेचिनगरले ०.०३ प्रतिशत मात्र बेरुजु कायम राखेको छ ।
यता बाणगंगाको १० लाख १७ हजार बेरुजु फर्छाैट गर्न मिल्ने प्रकृतिको रहेकाले यसलाई सून्य बेरुजु भन्न मिल्ने दावि गर्नु हुन्छ प्रमुख प्रशसकिय अधिकृत चुरामणी पन्थी । नगरपालिकाले खरिद गर्नु पर्ने चिज वडाले खरीद गर्दा प्रकृयागत त्रुटीका कारण बेरुजु देखापरेपनि बाणगंगा सून्य बेरुजु भएको पालिकाको रुपमा सूचीकृृत हुने नगरको दाविछ ।
यता कपिलवस्तुका १० वटा पालिका मध्ये कृष्णनगर सबैभन्दा धेरै बेरुजु हुने पालिकाको रुपमा सूचीकृत भएको छ । कृष्णनगरको १ अर्ब १९ करोडको लेखा विवरण परीक्षण गर्दा १४ करोड २५ लाख ४० हजार बेरुजु रहेको छ । प्रतिशतमा हेर्दा ६.१६ प्रतिशत हुन आउछ । न्यून बेरुजु तर्फ हेर्दा कपिलवस्तुको शुद्धोधन गाउपालिकमा ०.८५ ,शिवराजको ०.९४ प्रतिशत रहेको छ ।
मध्यम बेरुजु हुनेमा महाराजगंजमा २.१९ प्रतिशत ,बुद्धभूमीको २.६६ प्रतिशत र कपिलवस्तु नगरपालिकामा २.७५ रहेको छ । जिल्लामा तुलनात्मक रुपमा धेरै बेरुजु हुनेमा बिजयनगरमा ५.६५ प्रतिशत ,मायादेवि गाउपालिकाको ४.५३प्रतिशत र यशोधरामा ३.९८ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षण प्रतिबेदनमा उल्लेखछ ।
प्रतिक्रिया