बिजनेस

शाईन रेसुङ्गाद्वारा कर्जामा लाग्ने ब्याजमा छुट



रुपन्देही, ९ साउन। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कोरोना प्रभावित आफ्ना ऋणी ग्राहकलाई कर्जामा लाग्ने ब्याजमा छुट दिएको छ ।  बैंकका अनुसार साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर न्यूनतम एक दशमलव १८ प्रतिशतले घटाएको जनाएको छ । यस्तै कोभिड–१९ को असरबाट प्रभावितहरुका लागि राहत पुगोस भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले आठ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।  

        त्यसैगरी नयाँ आर्थिक वर्षको सुरुसंगै बैंकले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा ब्यक्तिगत घर कर्जा बार्षिक नौं दशमलव ५० प्रतिशतमा प्रवाह गर्नेे अधिकृत पौडेलले बताउनुभयो । यस्तै अन्य कर्जाहरुमा समेत अत्यन्त प्रतिस्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा योगदान पुराउने दावी बैंकले गरेकोे छ ।

    यता बैकले दिएका सबै सहुलियत कपिलवस्तु शाखाले समेत प्रवाह गरेको र धेरै ग्राहकले सुविधा लिएको जीतपुर शाखामा प्रबन्धक अनुराग पाण्डेले वताउनु भयो ।  बैंकको हाल जारी तथा चुक्ता पूँजी तीन अर्ब १ करोड रहेको छ भने बैंकले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी कूल ६९ वटा शाखा कार्यालयमार्फत सेवा दिएको जनाएको छ । 

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६