ब्रेकिंग न्युज

गण्डकीमा १० नयाँ संक्रमित थपिए



पोखरा ९ साउन । गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् ।

              यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् ।लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ । 

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६