नवलपरासी ९ साउन ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दाउरा टिप्न गएका एक जनालाई नारायणी नदीले बगाएको छ ।आज बिहान बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका सुस्ता गाउँपालिका वडा नम्बर ५ रामनगरका ५० वर्षका राधेश्याम कोइरीलाई नदीले बगाएको हो । कोइरीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
९ श्रावण २०७७, शुक्रबार
प्रतिक्रिया