लुम्बिनी

अघिल्लो आर्थिक वर्षको तुलनामा दाङमा आपराधिक घटनामा कमी



दाङ ९ साउन ।  अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६\७७ मा दाङमा आपाराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार आर्थिक वर्ष २०७६\७७ मा जिल्लामा ८३५ विभिन्न आपाराधिक घटना दर्ता भएका छन् ।आर्थिक वर्ष २०७५\७६ मा भने ९५७ आपाराधिक घटना  घटेका थिए । जुन गत वर्षको तुलनामा कूल १२२ आपाराधिक मुद्दा कमी भएका छन् । सबै भन्दा बढी  आत्महत्याका २२२ घटना भएका छन् ।

                 तीमध्ये झुण्डिएर १७३ र विष सेवन गरी ४९  रहेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै लागु औषधका ३२ मुद्दा दर्ता भएका छन् भने जबर्जस्ती करणीका ३२ र जबर्जस्ती करणी उद्योगका २१, सवारी ज्यान सम्बन्धी ४८  लगायतका घटना सो अवधिमा घटेका छन् । कम हुनुमा अपराधजन्य सूचनाको आदानप्रदान, लकडाउन र प्रहरीको सक्रियता बढ्नुरहेको प्रहरी उपरीक्षक चन्द बताउनुहुन्छ । त्यस्तै आत्महत्याका घटना घटनुको मुख्य कारण  गरिबी, दीर्घरोगी, मानसिक रोगी, पारिवारीक कलह, अशिक्षा, सामाजिक सञ्जालको गलत प्रयोग, असीमित महत्वाकाक्षा, वैदेशिक रोजगारले विभाजित परिवारलगायतका कारण हुने गरेको प्रहरीको विश्लेषण छ ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६