कपिलवस्तु १० साउन।प्रदेश ५ अन्तर्गत कपिलवस्तु जिल्लामा रहेका प्रमुख पर्यटकीय सम्पदाहरुको प्रदेशका प्रमुख सचिब तोयनारायण ज्ञवाली सहितको एक टोलिले अवलोकन भ्रमण गरेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएका बाणगंगा नगरका लक्ष्मणघाट ,कपिलधाम, मधुवनधाम ,मनकमना संस्कृत बिद्यापिठ ,खारखानी लगाएतका क्षेत्रहरुको अवलोकन सहित टोलीले अध्ययन गरेको हो ।
धार्मिक रूपमा महत्वपूर्ण केही स्थल भएपनि संरक्षण र प्रचारप्रसार अभावले ओझेलमा रहेको बताउदै अबका बर्षहरुमा यस्ता स्थलहरुको बिकासमा प्रदेश सरकर गम्भिर भएर लागेको उहाको भनाई छ । प्रदेश सरकारक यस्ता सास्कृतिक र धार्मिक क्षेत्रको बिकास निर्माणमा कसरी लाग्न सक्छ भन्ने उद्देश्यका साथ प्रदेशभरका पयर्टकीय स्थलहरुको अबलोकन भ्रमण गर्ने उहाले बताउनुभयो । लक्ष्मणघाटको अवलोकनपछि प्रेसपाटीसंग कुराकानी गर्दै प्रमुख सचिब ज्ञवालीले यस्ता महत्वपूर्ण र ऐतिहासिक स्थल सिंगो प्रदेशकै पहिचान भएको बताउदै यस्ता स्थलको संरक्षण र प्रचारप्रसारका लागि सरकारले ठोस योजना ल्याउन लागेको बताउनु भयो ।
प्रदेशमा रहेका यस्ता पर्यटकीय सम्पदाहरुको अध्ययन गर्दै प्रदेश सरकारले बिकासका योजनामा जोड्दै जाने उहाले बताउनुभयो । टोलीमा रहनुभएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थ ,नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक सहितको टोलीलाई लक्ष्मणघाटको ऐतिहासिक बिषयबस्तु र किवंदन्ती सुनाउदै लक्ष्मणघाट बिकास समितिका अध्यक्ष रणबहादुर काउचा र सचिब प्रकाश भूषालले विकासका लागि सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
अबलोकन भ्रमणमा बाणगंगा वडा नं ६ का वडा अध्यक्ष सुकदेब थारु , बाणगंगा नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्राई , प्रशासन शाखा अधिकृत केशबराज भट्राई , आर्थिक प्रशासन शाखाका रामचन्द्र मरासिनी लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया