चन्द्रौटा, १० साउन।कपिलवस्तुमा एक वर्षको अवधिमा करदाताको संख्या बढेको छ । आन्तरिक राजस्व कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ व्यक्तिगत बाहेक ४ हजार १ सय ७३ जना करदाता बढेको जनाएको हो । एक वर्षको अवधिमा आयकर तर्फ ४ हजार १ सय ७३, मुल्य अभिवृद्धि कर तर्फ १ हजार ४ सय ७७ र अन्तशुल्क तर्फ ६ सय ८ करदाता बढेको कार्यालय प्रमुख पुर्ण न्यौपानेले बताउनुभयो ।
कपिलवस्तु र अर्घाखाँची जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा अहिले सम्म आयकर तर्फ २५ हजार ६ सय २६, मुल्य अभिवृद्धि कर तर्फ ३ हजार ९ सय १८, अन्त शुल्क तर्फ २ हजार ५ सय ७ करदाता रहेको कर अधिकृत गेहेन्द्र प्रसाद गिरीले बताउनुभयो । त्यस्तै गत वर्ष मात्र ८ हजार ४ सय ६९ जनाले व्यक्तिगत पान लिएका छन् । कुल व्यक्तिगत पान लिनेको सख्या २१ हजार ३ सय १३ रहेको छ । कार्यलयले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न भने सकेको छैन
कोरोना भाइरसका कारण लक्ष्य अनुसार राजस्व उठाउन नसकिएको प्रमुख न्यौपानेले बताउनुभयो । लक्ष्यको ७३.८४ प्रतिशत राजस्व संकलन गरिएको उहाँले बताउनुभयो । एक वर्षको अवधिमा १ अर्ब, ७९ करोड २ लाख ३० हजार राजस्व संकलन भएको छ । गत वर्ष कर सम्वन्धि उद्योग वाणिज्य संघ तथा विभिन्न व्यापारीक निकाय सँग सहकार्य गरि छलफल तथा कर शिक्षा प्रदान गरिएको न्यौपानेले बताउनुभयो । जिल्लाको तौलिहवा र अर्घाखाँची जिल्लामा करदाता सेवा कार्यालय स्थापनालाई मुख्य उपलब्धिको रुपमा हेरेको छ।
प्रतिक्रिया