कपिलवस्तु ११ साउन । कपिलवस्तुको मायादेवी गाँउपालीकाको भारतीय सिमा क्षेत्रमा भारतद्धारा एकतर्फीरुपमा बनाईएको बझाहा बाधका कारण किसान फेरी पनि समस्यामा परेका छन् । वाधका कारण झण्डै ३ सय बढी बिघा खेतीयोग्य डुबानमा परेको छ । मायादेबी गाउपािलका वडा नं ४ को सिमाक्षेत्रमा भारतले वाध वनाएको र सोहि वाधका कारण त्यस क्षेत्रका किसानहरु समस्यामा परेका हुन् । किसानले लगाएको धानखेती लगातारको वर्षा पछि आएको पानी र वाधका कारण डुवानमा परेको हो । वाधका कारण भएको भएको डुबानले वडा नं ४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउको सौयौ खेतीयोग्य जमिन डुवेको हो । भारतीय पक्षले हिउदमा बाधको ढोका खोल्ने र बर्षायाममा बन्द गर्ने गरेको कारण आफुहरु समस्यामा परेको किसानले गुनासो गरेका छन् ।
बाधका कारण भएको समस्याको विषयमा आज अखिल नेपाल किसान महासंघको एक टोली सहित संचारकर्मिले स्थलगत निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा वाधको कारण अहिले खेतमा ५ फिट बढी पानी जमेको देखिएको थियो । भारतले वाधेको वाधका कारण हरेक वर्ष डुवानको समस्या झेल्दै आएको किसानहरुको भनाई रहेको छ । यसले गर्दा आफुहरुले राम्रो संग खेतीपाती स्यार्न नपाएको वताउनु भयो । अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य ताराजन घिमिरे सहित १० जनाको टोलीको स्थालगत अनुगमनको क्रममा वाधले पुर्याएको समस्याको वारेमा वताउदै प्रशासनले कुनै सुनुवाई समेत नगरेको गुनासो राख्नु भयो । सो क्षेत्रमा बाधमा रहेको ढोका नखोलिदा खेती डुबानमा परेको किसानको भनाई छ । बर्षा पछि बाधको ढोका नखोलिादा ३ सय बिघामा लगाईएको धानबाली पानीले डुबेको हो । तुलसीडिहवामा स्थानीय सद्धाम हुसेनले
सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बाधको ढोका बन्द गरिदा सिमा क्षेत्रको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको वताउनु भयो । हजार हेक्टर क्षेत्रमा फैलिएको तालको आाधा भाग नेपाल र आधा भारत तर्फ पर्ने गरेको छ । बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाध बनाएको छ । २८ वटा ढोका रहेको र सोहि ढोका वन्द गरिदा नेपालमा समस्या देखिदै आएको हो । सरकारले यस विषयमा चाडो भन्दा चाडो भारत संग वार्ता गरि समस्या समाधान गर्नु पर्ने अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष शालिकराम पौडेलले वताउनु भयो
सीमा क्षेत्रको बजहा बाधले बर्षेनी नेपाली कृषकलाई पीडा दिदै अएकाले यसको दिर्घकालिन समाधान खोज्नु पर्ने महासंघले जनाएको छ । भारतले एकतर्फीरुपमा बनाएको बाधका कारण भारतीयढ कृषकलाई फाईदै फाईदा छ । नेपाली कृषकलाई भने सधै घाटा रहेको छ । आफुलाई पानी चाहिदा बाधको ढोका खोल्ने गरिएको छ । पानी बढी भए भने ढोका बन्द गर्ने गरिन्छ । भारतको सिद्धार्थनगर जिल्ला स्थित चिल्हिया थाना अन्तर्गत बजहामा बाध बनाएको छ ।
प्रतिक्रिया