शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष कार्यकक्षमै
कुटपिट भएका छन् । तरुण दलका वडा सभापति नारद
ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष बहादुरसिंह महरा माथि कुटपिट गरिएको छ । सो समुहले कार्यालयमा समेत तोडफोड गरेका छन् । महराको टाउको, घाँटी, पिठ्युमा चोट लागेको छ ।
वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला १०/१२ जनाको समुहले आक्रमण गरेको बताए ।
शनिवार ठगुन्ना लगायतका समुहले मदिरा सेवन गरी
सुरज चौधरी लगायतलाई कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाएका थिए । सो समुहले राती गाँउमा हो हल्ला गर्ने र गाँउलेलाई आतंकित
पार्ने कार्य गरिहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाँकेका
थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राती वडाध्यक्षलाई
ठिक पार्नुपर्छ भनेर हिँडका थिए ।”
मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे
खबर गरे पनि प्रहरी नआएको स्थानिय बासिन्दाले बताएका छन् ।
कार्यपालिकाले प्रेस विज्ञप्ती जारी गरी वडा कार्यालयमा तोडफोड गर्नुका
साथै वडाध्यक्ष माथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको
जनाएको छ ।
प्रतिक्रिया