शिक्षा

पोखरा विश्वविद्यालयको परीक्षा भदौ अन्तिमदेखि



 काठमाडौं १२ साउन। पोखरा विश्वविद्यालयले नोवेल कोरोना भाइरस ( कोभिड १९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ ।भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयद्वारा सूचनामा उल्लेख छ ।लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने विश्वविद्यालयले जनाएको छ ।सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने जनाएको छ ।सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६