अर्थ-वाणिज्य

करिब ६ हजार अवैध चल्ला पक्राउ ।



कपिलवस्तु

सशस्त्र प्रहरी ३९ नं. गुल्म कृष्णनगरले भारतबाट चोरी निकासी गरी भित्रिएको ब्रोइलरको चल्ला बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नं. ६ भिल्मीबाट अवैध रूपमा भित्रिएको  करिब ६ हजार चल्ला पक्राउ गरी नष्ट गरिएको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले आइतबार राती समाएको थियो । गस्ती टोली देखे पछि चल्ला लिएर आएका भागेको प्रहरी नायव निरीक्षक सुरेश न्यौपानेले बताए ।

बरामद गरिएका चल्लालाई स्थानीयको रोहवरमा राखी गाडिएको छ । उक्त चल्लाको मूल्य साढे ४ लाख अनुमान गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुशील कुमार शाहीले बताए । लकडाउन खुले लगत्तै कपिलवस्तुका सीमामा चोरी निकासी समेत वढन लागेको छ । यस अगाडी नेपाल प्रहरीले भारतबाट ल्याउँदै गरेका ३९ भैँसी समेत पक्राउ गरेको थियो ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६