कपिलवस्तु १२ साउन २०७७
लकडाउन खुले पछी मास्क नलगाई हिड्ने प्रचलन वढे पछी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मास्क लगाउनलाई कडाई गर्ने भएको छ । सोमवार प्रशासनले एक विज्ञप्ती जारी गरी मास्क प्रयोग नगरी हिड्डुल गर्नेलाई कानुन अनुसार कार्वाही गर्ने बताएको छ । प्रशासन कार्यालयले सामाजिक दुरी कायम गर्न , मास्क विना घर बाहिर हिंडडुल नर्गन, अनावश्यक भिंडभाड नर्गन अनुरोध गरेको छ ।
सेवा प्रदायक निकाय र संस्थाले समेत सुरक्षाको मापदण्ड पुरा नगरेको प्रशासनले बिज्ञप्तीमा उल्लेख गरीएको छ । कपिलवस्तु सरोकारबाला निकाय , केही स्थानिय सरकारका कार्यक्रममा समेत मास्क प्रयोग नगरी कार्यक्रम संचालन हुदै आएको थियो । सुचनालाई अवज्ञा गरेमा संक्रमक रोग ऐन २०२० अनुसार कडा कारवाही गरीने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मास्क प्रयोगमा कडाई गर्ने भएको छ । मास्क प्रयोग नगरी हिड्नेलाई नियन्त्रणमा लिई कानुन अनुसारको कारवाही गर्ने तयारी गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
कपिलवस्तु प्रशासनले पछिल्लो समयमा मास्क नगरी हिड्नेलाई मास्क प्रदान गर्ने, सचेतना मुलक र्याली गर्ने लगायतका सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । मास्क प्रयोग नगरी हिड्नेलाई मास्क खरिद लगाउने गरीए पछी कारवाही भने गरेको छैन ।
प्रतिक्रिया