कपिलवस्तु १३ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिका देशकै एकमात्र शुसासनको पाठशाला बनेको छ । शुसासीत स्थानीयतह कस्तो हुन्छ भनेर अध्ययन गर्ने देशकै यसवर्षको सर्बाेत्कृष्ट पाठशाला बाणगंगा नगरपालिका बनेको हो । नेपाल नगरपालिका संघले काभ्रेमा भएकोे २८ औँ बार्षिकोत्सवको अवसरमा शुसासन र सेवाप्रवाहमा देशकै उत्कृष्ट नगरका रुपमा पुरस्कार सहित सम्मान गरेपछि यस्तो अवस्था आएको हो ।
बाणगंगा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार आर्जन गरेकाछ । नगरपालिका संघले बाणगंगाले गरेका बिभिन्न कार्यहरुमध्ये आर्थिक बर्ष २०७५ ÷७६ को कार्य सम्पादन विष्लेषण गरेर शुसासनको क्षेत्रमा देशकै सर्बाेत्कृष्ट सम्मान प्रदान गरेको हो। विभिन्न सूचकको मूल्यांकनवाट नेपाल नगरपालिका संघले बाणगंगा नगरलाई सो पुरस्कार दिएको थियो।
नगरसंघका अध्यक्ष अशोक ब्यञ्जनकारले बाणगंगाका उप प्रमुख चक्रपाणी अर्याललाई आइतबार एक समारोहका बीच पुरस्कार सहित सम्मान पत्र प्रदान गर्नु भएको हो । पुरस्कार ग्रहण पश्चात कपिलवस्तु फर्कनु भएका उपप्रमुख अर्यालले प्रेसपाटीसंग कुराकानी गर्दै जनप्रतिनिधीको हौसला , कर्मचारीको लगाव र मेहनत र नगरवासीको सधैव उत्पे्रेरणाले यो अवस्था श्रृजना भएको वताउनु भयो । नगरपालिकाले यस प्रकारको सम्मान पाउनु कपिलवस्तुकै गौरवको विषय हो भन्दै यसको हिस्सेदार यहाका मिडिया पनि रहेको वताउनु भयो ।
यसै हप्ता नगरले आर्थिक बर्ष २०७५ ÷ ७६ मा बेरुजु नभएको मध्ये नेपालमै दोश्रो नगरपालिका र प्रदेशको एकमात्र नगरपालिका बनेर सफलता हासिल गरेको थियो ।यतिमात्र होइन बेलायत स्थित एचिभमेण्ट फोरमले असल ब्यवस्थापन भएका बिश्वका उत्कृष्ट १०० नगरभित्र बाणगंगालाई नामांकन गरेर प्रतिस्पर्धाकालागि वाटो खोली दिएको छ । सो प्रतिस्पर्धावाट बाणगंगाले फेरी पनि उत्कृष्टता हासिल गर्ने मौका आउदैछ ।
प्रतिक्रिया