कपिलवस्तु १३ साउन । नेपालमा ठूलो भुकम्प जाने भविश्यवाणी ! शिर्षकका अनलाइन समाचार यो हप्ता सामाजिक सञ्जालमा भाइरल बने। यो भाइरलले कपिलवस्तुको तौलिहवमा भने निकै तनाव पैदा गरयो । हल्ला भुकम्पको हल्लीखल्ली मालपोतको हुन पुग्यो । त्यहा कामगर्ने कर्मचारी र सेवाग्राही बेलाबखत तर्सेर आफ्ना कामहरु त्रासकै बीच जारी राखे ।
राणा शासन कालमा बनेका तौलिहवा स्थित मालपोत तथा भुमी सुधार कार्यालयका भवन जीर्ण भई भत्कने अवस्थामा पुगेको छ । मालपोतमा ४ वटा भवन छन । त्यस मध्ये बिचमा रहेको भवन भत्किने अवस्थामा पुगेको हो । मर्मत अभावमा पुर्व, पश्चिम तथा उत्तर तर्फमा रहेको भवन पनि पानी चुहिने गरेको छ । लगातार दुई साताको बर्षाले बिचको भवनको ईटा उप्कीएका छन । भत्किन लागेको सो भवनमा मुद्दा फाटको काम गर्ने गरिएको छ । मालपोतको भवन जीर्ण र भत्किन लागकोले मुद्दा फाटको काम नै प्रभावित भएको मालपोतका कर्मचारीहरु बताउछन ।
आठ दशक पुरानो भवन भत्किन लाग्दा मुद्दा फाटको काम नै प्रभावित भएको मालपोत कार्यलकया प्रमुख ऋषिराम पौडेलले बताउनु भयो । ‘ लगातार दुई साता देखि बर्षा जारी छ, भवनमा पानी चुहिएको छ, बिचमो भवन त भत्किन लागेको छ ’ कार्यालय प्रमुख पौडेलले भन्नु भयो ‘ भवन जीर्ण हुदा अहिले मुद्दा फाटका काम नै नराम्ररी प्रभावित भएका छन् ’ । लकडाउन खुृलेपछि कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । भत्किनै लागेको पुरोनो भवन देखेर कर्मचारी मात्र होइृन सेवाग्राही समेत डराउने गर्छन । बिचको भवनको झ्याल ढोका समेत पुरोनो हुदा मालपोतका श्रेस्ता बचाउनै मुस्लिक भएको कर्मचारी गुनासो गर्छन ।
‘ भवन त भत्किन लागेकाछ पानी चुहिएकाले श्रेस्ता बचाउन पनि गाह्रो परेको छ ’ कर्मचारीहरु गुनासो छ । एक बर्षअघि पश्चिम तर्फको कार्यालय प्रमुख कक्षमा बिद्युत सर्ट भई आगलागी हुँदा क्षतिगे्रस्त बनेको भवन अहिले पनि उस्तै हालतमा छ । मालपोतको भवन जीर्ण हुदा भत्किएर दुर्घटना हुने खतरा भएको लेखापढी ब्यवासयी संघ कपिलस्तुका अध्यक्ष बिष्णु मुराउले औल्याउनु भयो । जीर्ण बनेको भवन मर्मत नगरिदा दुर्घटना हुन सक्ने भए पनि त्यसको मर्मतका लागि संबन्धीत निकायले चासो नदिएको उनले गुनासो गरे । दरबन्दीको आधा कर्मचारीले काम चलाईरहेका बेला भवन समेत जीर्ण हुदा कामकाजमा समस्या आएको प्रमुख पौडेल बताउनु हुन्छ ।
चालु आर्थिक बर्ष देखि मालपोतका काम स्थानीय निकायलाई हस्तान्तरण गर्ने सरकारी योजना अुनसार काम अघि बढेको छ । यस्तोमा भवन जीर्ण हुदा त्यसमा पनि असर परेको पौडेलले प्रष्टयाउनु भयो । भवन मर्मतकालागि बजेट बिनियोजन नगरीदा समस्या परेको उहाको भनाइछ । ‘ जीर्ण भवन मर्मतकालागि बारम्बार बजेट माग गरियो र कहिल्यै सम्बोधन गरिएन ’ उहाले प्रेसपाटीसंग भन्नु भयो ।
प्रतिक्रिया