पर्यटन

कोभिड कै बीच लुम्विनी क्षेत्र सूचारु गर्न ध्यानाकर्षण पत्र



लुम्विनी १३ साउन । कोरोना प्रभावका कारण बन्द रहेको लुम्बिनी क्षेत्र सूचारु गर्न विभिन्न सामाजिक संघ संस्थाहरुले  लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउदै पत्र बुझाएका छन्।बन्दाबन्दी हटिसकेपनि मन्दिर बन्द रहेका कारण स्थानीय पूजाआजाबाट समेत बञ्चित रहेकाले यथाशिघ्र खुल्ला गर्न माग गर्दै लुम्बिनीका संघ संस्थाहरुले विकास कोषको ध्यानाकर्षण गराएका हुन्।लुम्बिनीका करिब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयमार्फत कोषका अध्यक्ष संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन्।

        ‘लुम्बिनीको आधार र गरिमा भनेकै मायादेवी मन्दिर हो मन्दिर खुल्ला नहुँदा स्थानीयले समेत भगवान बुद्धप्रति आस्था प्रकट गर्न पाएका छैनन्’,– ज्ञापनपत्रमा भनिएको छ, मायादेवी लुम्बिनीवासी मात्रै नभई सबैको आस्थाको धरोहर भएकाले लामो समयसम्म बन्द हुँदा हामीलाई गम्भीर चोट पुर्‍याएको छ।’लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले मायादेवी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँ नियमित पाठ पूजा हुनुपर्ने बताए। “सुरक्षा सतर्कता अपनाएर मायादेवी मन्दिर आंशिक रुपमा भएपनि खुल्ला गर्नुपर्छ।

        यहाँ बिहान साँझको पूजा पाठ नियमित हुनुपर्छ”, उनले भने।लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, मायादेवी प्रगतिशील आमा समूह, बौद्ध युवा समूह, सिद्धार्थ होटल संघ, लुम्बिनी बौद्ध महिला समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायीं संघ, लायन्स क्लब अफ लुम्बिनी गौतम बुद्ध लगायतका संघ संस्थाले ज्ञापनपत्र बुझाएका हुन्।ज्ञापनपत्र बुझ्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यसबारे अध्यक्ष संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईलाई जानकारी गराई तत्काल मन्दिर खोल्ने वातावरण बनाउन पहल गर्ने बताए।

        कोभिड– १९ को महामारीका कारण चार महिनादेखी बुद्ध जन्मस्थल मायादेवी मन्दिर बन्द छ। मन्दिर बन्द हुँदा नियमित पूजा पाठको काम समेत रोकिएको छ। भिक्षु, भिक्षुणी तथा स्थानीय बौद्ध उपासक उपासिकाहरुले मन्दिरमा पूजा गर्न पाएका छैनन्।मायादेवी मन्दिरसँगै लुम्बिनीमा रहेका विभिन्न चीन, जर्मन, कोरिया, जापान, थाईल्याण्ड, श्रीलंका लगायतका विभिन्न देशका बिहारहरु बन्द छन्। मन्दिर बन्द हुँदा लुम्बिनीको रौनकता हराएको मायादेवी प्रगतिशील आमा समूहका अध्यक्ष मञ्जु ढकालले गुनासो गरिन्।

प्रकाशित : १३ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६