दाङ १३ साउन। जिल्ला प्रशासन कार्यालय दाङ गत आर्थिक वर्षमा उत्कृष्ट भएको छ । कार्य सम्पादनको मूल्याङ्कनमा उत्कृष्ट भएको छ । विभिन्न शीर्षकको कार्य सम्पन्न गरे बापत पाउने अङ्कको आधारमा जिल्ला प्रशासन कार्यालय दाङले ‘ए प्लस’ प्राप्त गरी उत्कृष्ट भएको हो ।
हरेक आर्थिक वर्षको सुरुमै गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच विभिन्न शीर्षकका काम गर्न अङ्क तोकिने र त्यसैका आधारमा आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रशासन कार्यालय दाङले राम्रो कार्यसम्पादन गरेकाले उत्कृष्ट अङ्क प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले वताउनु भयो ।
प्रतिक्रिया