दाङ १३ साउन । दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका(१४ नयाँ बसपार्कमा रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रोल्पा नगरपालिका १० का आकाश विक, जितकुमार विक, थवाङ गाउँपालिका ५ कि कमला घर्ती, परिवर्तन गाउँपालिका ४ कि जुनु बुढा, सल्यान बनगाढ नगरपालिका १२ का २८ वर्षका डिलबहादुर विक र नेपालगञ्ज उपमहानगरपालिकाका सन्तोष गुरुङलाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ ।
१३ श्रावण २०७७, मंगलबार
प्रतिक्रिया