पाल्पा १३साउन । पाल्पाको रामपुर नगरपालिका ७ मा खीर खाएका २१ जना गाउँले बिरामी परेका छन । रामपुर ७ मोहटीका ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको पुण्यतिथिको अवसरमा खीर खाएका आफन्त सहित मोहटी र कठान गाउँका बासिन्दा बिरामी भएको रामपुर अस्पताल पाल्पाले जनाएको छ । मोहटी, कठान क्षेत्रका करिब २९ जना स्थानीय उपचारको लागि रामपुर अस्पताल आएको रामपुर अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिनु भयो ।
बिरामीमा टाउँको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने लगायतको समस्या देखिएको अस्पतालका सूचना अधिकारी कोइरालाले वताउनु भयो । रामपुर अस्पतालमा उपचार भएका २९ जना मध्ये १३ जनालाई थप उपचारको लागि तानसेन स्थित लुम्बिनी मेडिकल कलेज रेफर गरिएको छ भने १६ जनाको रामपुर अस्पतालमै उपचार भईरहेको छ । रेफर गरेकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बिरामीमध्ये ८ जना पुरुष, २१ जना महिला छन् भने ३ जना १४ वर्षमुनिका बालबालिका रहेका छन । बिरामीले बताए अनुसार उनीहरुले खीरसँग तरकारी र अचार खाएका थिए ।
प्रतिक्रिया