कपिलवस्तु १३ साउन ।कपिलवस्तुका १० वटा स्थानीय पालिकामध्ये अहिलेसम्म २ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मङ्गलबार बिहानसम्मको अध्यावधिक तथ्याङ्क अनुसार जिल्लाका ८ वटा पालीकाले मात्र बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्था अनुसार पालिकाले असार १० गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउन जिल्लाका सुद्धोधन गाँउपालीका र मायादेवी गाँउपकिा असफल भएका हुन् ।
पालिकाले २०७४ मा पहिलो बजेट ल्याएका थिए । त्यसपछि २०७५/०७६ मा दोस्रो, २०७६/०७७ मा तेस्रो र यसपाली २०७७/०७८ मा चौथो बजेट ल्याएका हुन् । पालिकामा वर्षभर हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट ल्याउनु पर्ने भएपनि अहिले सम्म दुवै गाँउपालीकाले गाँउ सभा नै गर्न सकेका छैन्न् ।
यसरी हेर्दा प्रदेश नं ५ मा रहेका १ सय ९ स्थानीय तह मध्ये ९ वटा स्थानीय तहले वजेट ल्याउन सकेका छैनन् भने १ सयले वजेट ल्याएका छन । यस मध्ये कपिलवस्तुको मायादेवी र सुद्धोधन गाँउपालीका, नवलपरासी बर्दघाट सुस्ता पश्चिमका चार वटा छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, पाल्पाको रामपुर नगरपालिका, गुल्मीको सत्यवती गाउँपालिका, बर्दियाको गुलरिया नगरपालिका रहेका छन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार पालिकाले असार १० मा बजेट ल्याउनुपर्छ । उनीहरुले आ–आफ्ना सभाबाट असार मसान्तभित्र बजेट पारित गर्नुपर्छ । बजेट पारित भएपछि मात्रै खर्च गर्ने बाटो खुल्छ । बजेट ल्याउन नसक्दा पालिकाको विकास निर्माणसहित पुँजीगत काममा समस्या देखिने जनाईएको छ ।
प्रतिक्रिया