बुटवल १४ साउन । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना भाइरसको समुदायस्तरमा प्रभावबारे अध्ययन गरेपछि विद्यालय खोल्ने निर्णय हुने वताउनु भएको छ । कोभिड–१९ को समुदायमा असर के छ भन्ने बिषयमा प्रदेश सरकारले अध्ययन सुरु गरेको र त्यसको नतिजा आएपछि विद्यालय खुल्ने र नखुल्ने निधो हुने उहाँको भनाई छ ।
रिपोटर्स क्लब प्रदेश ५ ले मंगलबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश ५ का ६ जिल्लामा समुदायबाट १२ सय जनाको नमूना परीक्षण सुरु गरिएको वताउनु भयो । कोरोनाको समुदायमा असर के छ भन्ने बिषयमा स्यापल लिने कामको सुरु भएको छ,’ त्यसको नतिजा आएपछि स्कुल खोल्ने मोडालिटी तयार हुने वताउनु भयो । शैक्षिक संस्था सक्दो छिटो सुरु कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकार चिन्तित रहेको उहाँको भनाई थियो ।
प्रतिक्रिया