ब्रेकिंग न्युज

हुलाकी सडकमा परेका संरचना हटाउन फेरी ३ दिनको म्याद



कपिलवस्तु १४ साउन । उच्च अदालत तुलसीपुर बुटवल ईजलाससले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई नरोक्न आदेश दिएपछि कपिलवस्तु नगरपालिकाले सडकमा परेका संरचना हटाउन फेरी ३ दिनको सयमसिमा दिएको छ । मंगलवार नगरपालिकाले सुचना जारी गर्दै हुलाकी सडकको जमुहार देखि छोटकी तौलिहवाको मस्जिद सम्म तथा बहादुरगंज जाने चोकदेखि भिक्षु चोक सम्मको सडकमा पर्ने संरचना खाली गर्न सयमसिमा दिएको  मेयर किरण सिंहले वताउनु भयो । 

        अदालतले समेत काम नरोक्न आदेश गरकाले ३ दिन भित्र संरचना हटाउन आग्रह गरिएको छ तर अटेर गरिए डोजर लगाएर भत्काइन्छ मेयर सिंहले भन्नु भयो ।सडक क्षेत्रमा परेका संरचनाहरु अधिकांसले हटाउन सूरु गरी सकेका छन । केहीले मात्र अझै सम्म सुरसार गरेका छैनन । जमुहार देखि छोटकी तौलिहवा सम्मको २३ सय ४० मिटरमा २ सय ७३ तथा जमुहार देखि भिक्षु चोक सम्म ५ सय ८३ वटा संरचना सडक क्षेत्र भित्र परेको  नगरपालिकाले जनाएकोछ 

        गत असार २५ गते हुलाकी सडकको कामलाई तीब्रता दिन प्रशासन कार्यालयमा सर्वपक्षीय निर्णय भएको थियो । सोही निर्णयका आधारमा पहिलो पटक एक साता भित्र संरचना हटाउन सयमसिमा दिईएको थियो । असार ३ गते सरकारी र असार ४ गते निजी क्षेत्रका संरचना डोजर लगाएर भत्काउन शुरु गरिएको थियो । सो कार्य रोक्का गर्न स्थानीय कालीपद शर्मा, रोहित कुमार उपाध्याय र सुरेश शर्माले अदालतमा रिट गरेका थिए ।

        कपिलवस्तु नगरपालिकाका मेयर सिंहले घरबारबिहीन हुनेहरुलाई ५ धुर जग्गा दिने र सडक ऐन २०३१ अघि बनेका संरचनाका बिषयमा क्षतिपुर्ति उपलब्ध गराउनका लागि प्रशासन कार्यालयमा निर्णय समेत गरिएको बताउनु भयो  । अबको ढाई बर्ष भित्र हुलाकी सडक निर्माण गर्न पनि कामलाइ तीब्रता दिनु पर्ने औल्याउनु भयो । हुलाकी सडक निर्माणमा सहयोग र साथ दिन उहाले नगरबासीहरुमा अपील गर्नु भयो । 

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६