कपिलवस्तु १४ साउन । भारत हुँदै नेपाल भित्राइएको अवैध कुखुकराका चल्दा बरामद गरी नष्ट गरेको छ ।प्रहरीले कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बाट अन्दाजी १८ सय चल्ला बरामद गरेको थियो ।बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि नष्ट गरेको हो ।उक्त चल्ला पशु क्वारेनटाइनका प्रतिनिधि, पत्रकार, समाजसेवी आदिको रोहवरमा नष्ट गरिएको हो ।नष्ट गरिएको कुखुराका चल्लाका नेपाली मूल्य अनुमानित १ लाख ३५ हजार सम्मको रहेको प्रहरीले जनाएको छ ।
१४ श्रावण २०७७, बुधबार
प्रतिक्रिया