जाजरकोट
सोती घटनामा मृत्युहुनेको परिवारलाई रु पाँच लाख आर्थिक पाएका छन् । कलाकारहरुले पत्रकार सम्मेलन आयोजना गरि रकम सहयोग गरेका हुन् । वरिष्ठ हास्यकलाकार
मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका –प्रमुख
सिपी घर्तीलाई रकम हस्तान्तरण गरेका थिय ।
जेठ १० गते भएको घटना सुष्मा मल्ल र नवराज विश्वकर्मा बिचको अन्तरजातीय प्रेम सम्बन्ध का कारण भएको
थियो । साथी लिएर केटीको
घरमा जाँदै गर्दा स्थानीयवासी ले कुटपिट गरेका थिए । कुटपिटमा परि नवराजसँगै केटीको घरमा गएका पाँच जनाको ज्यान गएको थियो । सहयोग रकम
मृतकका प्रत्येक परिवारलाई रु पचास हजारका दरले र घाइतेलाई दश हजारको दरले र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा
पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया