कोशी

कोरोनाका कारण प्रदेश १ मा एक जनाको ज्यान गयो ,वीरगञ्जमा थप १७ जनामा सङ्क्रमण पुष्टि



काठमाण्डौ १५ साउन ।  कोरोनाको कारण प्रदेश १ मा एक जनाको ज्यान गएको छ ।प्रदेश १ भित्रकै नागरिकको ज्यान गएको यो पहिलो हो । हिजो पोजेटिभ रिपोर्ट आएका मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।४५ वर्षका पुरुष दुई महिनाअघि सुनवर्षीको क्वरेण्टीनमा बसेका र पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको सुनवर्षी नगरपालिकाका जनस्वास्थ्य प्रमुख किशोर मण्डलले जानकारी दिनुभयो ।

                    यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रदेश २ का सप्तरी र महोत्तरीका गरी दुई जनाको ज्यान गएको थियो । वीरगञ्जमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो बेलुका आएको परीक्षणको नतिजा अनुसार नारायणी अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पाइएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो ।

प्रकाशित : १५ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६