ब्रेकिंग न्युज

विजुली बत्ती बलेपछि मुसीनाकामा खुसियाली छायो



देउखुरी १५ साउन  । दाङको मुसीनाकामा पहिलो पटक बिद्युत् पुगेसंगै टुकी बाल्नुपर्ने बाध्यता हटेको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ को मुसीनाकामा बिद्युत पुगेसंगै मुसीनाकाका ५८ घरपरिवार लाभावन्तित भएका छन् । नाकामा विजुली  बत्ती बलेपछि नाकामा खुसियाली छाएको छ । नेपाल भारत सिमा क्षेत्रमा रहेको मुसिनाका गाउँमा विद्युत् नहुँदा पुरै गाउँ अन्धकार थियो । गढवा गाउँपालिका वडा नम्बर ८ मुसीनाका स्थानीय प्रेमा सुनारले बिजुली बत्ती बलेसंगै गाउँमा सुरक्षा समेत हुने बताउनुभयो ।

              अब रातको समयमा अन्धकार हुँदा किराकाँटीको डर थियो यो पनि अन्त्य भएको छ, उहाँले भन्नुभयो । वडा कार्यालयको पहलमा गढवा गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३५ लाख गरि कुल ४५ लाखको लागतमा मुसीनाकामा बिद्युत्त बलेको हो । कोइलाबास देखि खबरीनाका हुदै भौवानाका जोड्ने बिद्युत् लाइन बिस्तारको काम पनि अगाडी बढीरहेको छ । गढवा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष सद्दाम सिद्धिकीले लामो समयको प्रयासपछि नाकामा बिजुली बाल्न सफल भएको बताउनुभयो ।  यस बर्ष मुसीनाकामा बिजुली बालियो अब लगत्तै गढवाकै बखरी नाका सम्म बिद्युत् पु¥याउने योजना छ, वडाअध्यक्ष सिद्धिकीले भन्नुभयो ।  

                 यसैबिच मुसीनाकामा एक कार्यक्रमका बिच बिद्युत् वालेर उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडानं. ८ का वडाअध्यक्ष सद्दाम सिद्धिकी र नेपाल बिद्युत् प्राधिकरण गढवा शाखाका प्रमुख काँसी चौधरीले संयुक्त रुपमाबिद्युत्तको स्विच थिचेर उद्घाटन गर्नुभएको हो ।

प्रकाशित : १५ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६