शिक्षा

विद्यालयमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाइने निर्णय



काठमाण्डौ १५ साउन । अब विद्यालयमा क्वरेण्टीन बनाउन नपाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाउने निर्णय गरेको हो । यसअघि क्वरेण्टीन र आइसोलेन बनाएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नै पर्ने पनि निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै शैक्षिक सत्र २०७६\७७ को नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि विद्यार्थी भर्ना गरेर कक्षागत रुपमा विवरण यकिन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने र शिक्षकहरु विद्यालय पुगिसक्नु पर्ने पनि सरकारले निर्णय गरेको छ  ।  

प्रकाशित : १५ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६