ब्रेकिंग न्युज

नमुना अदालत कपिलवस्तुको नतिजा जष्टपास



कपिलवस्तु १७ साउन  कुनै दिन काम गरेर नमुना अदालतको उपाधी हासिल गरेको कपिलवस्तु  अदालतले गत आवमा कामका हिसावले जष्टपास नतिजा हासिल गरेको छ । आफ्नै लक्ष्यको ४४ प्रतिसत सफलता हासिल गरेर फेल हुनवाट जोगिएको हो । तर राम्रो अंक भने ल्याउन सकेन । अदालतले नै सार्वजनिक गरेको विवरण अनुसार कपिलवस्तु अदालतमा ४४ दशमलव ८ प्रतिशत मात्र मुद्दा फर्छौट भएको छ ।

    आर्थिक बर्ष २०७६/०७७ मा देवानी र फौज्दारी गरी  २ हजार ४ सय ९५  मुद्दा परेका थिए । त्यस मध्ये १ हजार १ सय १७ मुद्दा फर्छौट भएको र १ हजार ३ सय ७८ मुद्दा फर्छौट गर्न बाकी रहेको छ । अदालतका श्रेष्तेदार शिरन्य प्रसाद भण्डारीका अनुसार देवानीतर्फ १ हजार ७ सय ७५ र फौज्दारी तर्फ ७ सय २०को  लागत थियो ।  गत बर्ष बन्दी प्रत्यक्षीकरणका ३ र निषेधाज्ञाका २४ रिट परेका थिए । ७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य रहे पनि कारोना भाईरसका कारण ४ माहिना सम्मको लकडाउनले अदालतको कामकाज समेत  प्रभावित भएको श्रेस्तेदार भण्डारीले वताउनु भयो ।

    अधिकांस मुद्दाहरु एक बर्ष भन्दा कम अवधिका रहेकोले यस बर्ष प्राथमिकताका साथ काम अघि बढाइइने उहाँले वताउनु भयो । मुद्दा र रिट गरी गत बर्षको १ हजार ३९६ लगत यस बर्ष जिम्मेवारी सरेर आएको छ । 

प्रकाशित : १७ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६