प्रदेश

मेची महाकाली बुहारी संयुक्त अभियान



कपिलवस्तु १८ साउन  महिला तथा बालबालिकाको हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ मेचि महाकाली बुहारी संयुक्त जिल्ला शाखा कपिलवस्तुको शाखा समिति परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी अञ्चल सल्लाहकार गंगा कसीले आज आफ्नो छोरी सुस्मिताको जुन कारणले हत्या भयो अब अन्य छोरीको हत्या नहोस् भन्नका लागि बुहारी संयुक्त आवाजले सबैको आवाज बोल्ने काम गर्ने वताउनु भयो । उहाँले समाजमा हुने हरेक घटनालाई राम्रो अध्ययन गरि बुहारी समूहले सधै अन्याय र अंत्याचारको विरुद्धमा लड्ने दावि गर्नु भयो । 

        यस्तै वाणगंगा नगर पालिकाकी कार्यपालिका सदस्य गीता भुषाल र रुपन्देही संयोजक लता खड्काले कार्यक्रममा बोल्दै समाजमा हुने महिला हिंसा मात्रै नभएर हरेक समस्या, हरेक लिङग जातजाती लगायतका क्षेत्रमा बुहारी संयुक्त आवाजले काम गर्ने बताउनु भयो । आज पनि समाजमा महिला, बालाबालिका सुरक्षित नभएको बताउँदै अब यस आवाजले जुनसुकै घटनाकोे विरुद्ध आवाज उठाउन र कलम चलाउन सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । 

        महिला तथा बालाबालिका माथि हुने हिंसा न्युनिकरण लागि चन्दा अर्यालको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको छ । जसको उपाध्यक्ष सुस्मा खाँड, सचिव अन्जु बन्जाडे, सहसचिव अन्जु अधिकारी, कोषाध्यक्ष निर्मला भुषाल, सदस्य सिमा भण्डारी लयायतका रहनु भएको छ । आवको प्रेस सल्लाहकारमा  भगवती न्यौपालाई राखिएको छ  । जिल्ला संयोजक चन्द्रा अर्यालको अध्यक्षता रहेको कार्यक्रम उपाध्यक्ष सुस्मा खाँडको स्वागतका साथै सचिव अन्जु बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६