अर्थ-वाणिज्य

राजधानी शहरको सडकमा इज्जत बचाउन शुरु



बुटवल, १७ साउन । प्रदेश ५ को राजधानी शहरमा सडक क्षेतविक्षेत हुँदा ३ बटै तहका सरकारको इज्जतमाथि धक्का पुगेको  बुटवलको मुख्य राजमार्ग चौराहदेखि ट्राफिक चोकको सम्मको सडक मर्मत तीब्र बनेको छ । राजमार्गमा भएका खाल्डाखुल्डीले दुर्घटनाको सम्भावना बढाएको भन्दै चौतर्फी आलोचना भएपछि सडक तीनदिन देखि मर्मतको काम सुरु भएको हो ।

    सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि शुक्रबारवाट रोलरको प्रयोग गरेर अस्पताल लाइनमा मर्मत सुरु गरिसकिएको बुटवल–बेलहिया व्यापारिक आयोजनाले जनाएको छ ।हाल चौराहदेखि गोलपार्कसम्मको ८२ फुट कायम हुने सडक घरधनीहरूले अदालतमा मुद्दा हालेपछि रोकिएको छ । यस्तो अवस्थामा आयोजनाले केही सहयोग गरेपछि निर्माण कम्पनीले सडकको मर्मत सम्भार गरेको सूचना अधिकारी सारुको भनाइ छ ।

    डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले शुक्रबार बिहानैदेखि पानी नपरेका कारण मर्मत गर्न सुरु गरिएको बताए ।

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६