बाँके १८ साउन । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि बाँकेमा शनिबार मध्यरातिदेखि लागू हुने गरी ३ दिने निषेधाज्ञा जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । बाँकेमा बिहीबार आन्तरिक राजश्व कार्यालयमा कार्यरत ११ जना कर्मचारीसहित २७ जनामा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । भोलि रक्षाबन्धनमा निजी गाडी तथा रक्षाबन्धन सम्बन्धी सामग्री पाइने पसल भने खोल्न दिने निर्णय भएको छ ।
१८ श्रावण २०७७, आइतबार
प्रतिक्रिया