अर्थ-वाणिज्य

प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन हुने आँकलन



बाँके १८ साउन ।  धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करिव ३६ हजार हेक्टरमा धानखेती गरिएको छ । रोपाइँ सकिएपछि पानी लगातार परेकाले धान सप्रने अपेक्षा केन्द्रले गरेको छ । यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णालीलगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रका बाली विकास अधिकृत शकिल अहमदले बताउनुभयो । 

           बाँके धानबालीमा अत्मानिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि  धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । यस वर्ष खेतमा हरियो धान लहलह भएको देख्दा किसानमा पनि बाली सप्रने आशा पलाएको छ । धानको उत्पादन वृद्धि गर्नका लागि जिल्लामा धान ब्लक, धान पकेट तथा स्मार्ट कृषिगाउँ कार्यक्रम पनि लागू भएको छ । यस कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि हुँदै गएको उहाँको भनाइ छ ।

                किसानले  ज्ञान केन्द्रबाट सिफारिस गरिएका राधा–४, जानकी, मन्सुली, हल्दीराम र केही स्थानीय जातका धान लगाएका छन् । जिल्लामा यस वर्षदेखि सिँचाइ सुविधा उपलब्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको हो । सिक्टा सिँचाइ आयोजनाले यहाँका ४० प्रतिशत क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याएको छ । विगत वर्षमा आकाशेपानीको भरमा धानखेती हुँदै आएकामा आयोजनाले नहरमा पानी छाडेपछि  नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाको धानखेत हराभरा भएका छन् भने किसान पनि खुशी देखिएका छन् । 

                    किसानद्वारा उत्पादित धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने गरेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कम्पनीले आवश्यकताका आधारमा धान खरिद गर्ने गरेको भरतराज खनियाँले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले गत वर्ष खरिद गरेको धान कुटाएर चामल बनाई विभिन्न जिल्लामा निकाशा गरिसकेको छ । 

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६