प्रदेश

कस्तो अनौठो संयोग ? कपिलवस्तुमा संघ र प्रदेशको बराबर खर्च



कपिलवस्तु १८ साउनकोरोना भाईरसको ४ महिना लामो लकडाउनका बावजुद कपिलवस्तुमा गत आर्थिक बर्ष २०७७÷०७८ मा खर्चको प्रतिशत संतोषजनक रहेको पाईएको छ । संघ र प्रदेश दुबै तर्फको औषत खर्च ७६ प्रतिशत भएको कोषतथा लेखा नियन्त्रण कार्यलय कपिलवस्तुले जनाएको छ । दुबै सरकारवाट आएको वजेट एउटै अनुपातमा  हुनु  अनौठो संयोग जुरेको छ ।

        संघ र प्रदेशबाट जिल्लाका बिभिन्न सरकारी निकाय र पालिकाहरुलाई बिनियोजित बजेटको खर्चको प्रतशित संतोषजनक देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवसतु अनुसार संघबाट आएको बजेटको औषत ७६.५ तथा प्रदेशको बजेटमा ७६ दशमलव शून्य ६ प्रतिशत रकम खर्च भएको हो । संघ अन्र्गत ८ अर्व ७० करोड ६० लाख ७२ हजार बजेट बिनियोजन गरिएको थियो । चालु अन्तर्गत ७ अर्व ५५ करोड २१ लाख ३० हजार ४४२ मध्ये ९७ दशमलव १० प्रतिशत तथा पुजीगत १ अर्व १५ करोड ३९ लाख ४१ हजार ५९९ रुपैया मध्ये ५५ दशमलव १७ प्रतिशत खर्च भएको छ । चालु र पूजिगत दुबै मिलाउदा औषत खर्च ७६.५ प्रतिशत हुन आउछ ।

            उता प्रदेश अन्तर्गत २ अर्व ७६ करोड २५ लाख ३४ हजार बजेट छुट्टाईएको थियो । जसमध्ये चालु तर्फ ९६ करोड १८ लाख ३५ हजार मध्ये ७४ दशमलव ५२ तथा पुजीगत तर्फ १ अर्व ८० करोड ६ लाख ९९ हजार मध्ये ७६ दशमलव ८८ पैतिशत रकम खर्च भएको हो । प्रमुख कोष नियन्त्रक शिव प्रसाद चौधरीले लकडाउनको बावजुत कपिलवस्तुमा  खर्चको प्रतिशत संतोषजनक रहेको बताउनु भयो  ।

        लकडाउनले गर्दा पुँजीगत तर्फ भने असर गरेको उहाँले बताउनु भयो । उता जिल्लाबाट संघ तर्फ ६  अर्व ३१ करोड ५८ लाख ८ हजार ८७२ तथा प्रदेश तर्फ १८ करोड २९ लाख ३५  हजार ४२० रुपैया राजस्व संकलन भएको छ ।


 

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६