प्रदेश

प्रदेश ५ : सार्वजनिक जग्गा बिवादमा तानिए बिधायकहरु



बुटवल १९ साउन प्रदेश नं ५ को प्रदेशसभामा नीति वनाएर प्रदेशको मुहार फेर्न गएका बिधायकहरु जग्गा बिवादमा बाझाबाझ मात्र गरेनन् सदनको नियमित कार्यलाई प्रभावित गर्ने काम गरे । आइतवार सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच एउटा पालिकाको जग्गा बिवादमा दह्रो भनाभन हुन पुग्यो  । रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेशसभामा  प्रवेश पाएपछि दुई पक्षबीच भनाभन भएको हो । 

        प्रदेशसभाको विशेष समयमा बोल्दै विपक्षी दल नेपाली काँग्रेसकी प्रदेशसभाका सदस्य पुष्पा थरुनीले धर्म, संस्कृतिको  संरक्षणका लागि जनताको अधिकार कुल्चन खाजेको जिकिर गर्दै पवित्र धार्मिकस्थल मानिएको अन्त्येष्टी स्थललाई शुद्धोधन गाँउपालिकाले जर्बजस्ती हटाउन खोजेको आरोप लगाउनुभयो ।  प्रदेश सभाका सदस्य तुलसी चौधरीले राजनीतिक व्यक्तिबाहेक शिक्षक कृष्णप्रसाद चौधरीसमेत तोडफोडमा संलग्न रहेकाले विभागीय कारबाहीको माग गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड हुँदा पनि प्रहरी मुकदर्शक बनेको उल्लेख गर्नुभयो ।

    चौधरीले विकास निर्माणको काम देख्न नसकेकाले नेपाली काँग्रेसले बाँदरे प्रवृत्ति देखाएको आरोप लगाउँदै पालिकाको गुरुयोजनानुसार पार्क निर्माण भएको बताउनुभयो । सो पार्क प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको थियो ।त्यो तोड्ने काम भएकाले क्षेति तिर्ने कामको जिम्मा कांग्रेसले लिनु पर्ने तर्क चौधरीले गर्नु भयो ।  पार्कको लागत रु एक करोड ३० लाख रहेको छ । प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले किसानका लागि रासायनिक मलको स्थायी समाधान खोज्न आग्रह गर्दै मलका कारण धानको उत्पादनमा ह्रास आउने सम्भावना भएको बताउनुभयो । 

    सदस्य रुन्धावती शर्माले मलको अभाव हटाउन आग्रह गर्दै हिन्दूको पर्व रक्षाबन्धनमा सार्वजनिक बिदाको माग गर्नुभयो । दस्य इन्द्र खरेलले मलको अभाव अन्त्य हुन्छ वा हुँदैन सरकारको स्पष्ट जवाफ आउनुपर्ने बताउनुभयो । प्रदेशसभामा सदस्यहरू युवराज खनाल, रमा अर्याल, सन्तोष पाण्डेलगायतले प्रदेश सरकारलाई विभिन्न सुझाव दिनुभएको थियो ।

प्रकाशित : १९ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६