अर्थ-वाणिज्य

श्रीमानले राजनीति गरेर ,रोजगारीमा लागेर ,अवसर पाएर महिला मुक्ति हुदैन : सांसद घिमिरे



कपिलवस्तु १९ साउन  राष्ट्रिय सभा सदस्य एबम नेकपाकी केन्द्रिय सदस्य बिमला घिमिरेले महिलाहरुले राजनीतिमा उल्लेख्य दखल राख्न नसक्ने हो भने पाएका अवसर पनि क्रमश खोसिने  दावि गर्नु भएको छ । उहाले अव तपाई महिलाहरुले आफैले राजनीतिमा भूमिका बढाउनुस श्रीमानले राजनीति गरेर ,रोजगारीमा लागेर ,अवसर पाएर महिलाको मुक्ति हुन्छ भन्ने भ्रम त्याग्नुस उहाले भन्नु भयो । कपिलवस्तुको बाणगंगा नगरपालीका वडा नं २ नन्दनगरमा रहेको समृद्धि नारी जागृति समूहको प्रथम भेला तथा हरितालिका तिज पर्बको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो वताउनु भएको हो ।

        उहाले आफ्नो अधिकारको रक्षा गर्दै पाएको अवसरलाई सही सदुपयोग गरि अघि बढ्नुपर्ने आजको आवश्यकत्ता रहेको बताउनु भएको छ । महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पाएको स्पष्ट पार्दै आर्थिक समृद्धिका यात्रामा अब महिलाहरु लड्नु पर्ने वेला आएको औल्याउनु भएको छ ।समूहलाई हरेक क्षणमा आफ्नो सहयोग रहने बताउदै पछाडि परेका महिलाहरुलाई समूहमा जोड्दै अघि वढ्नु पर्ने वताउनु भयो । हरितालिका तिजको सबैमा शुभकामना दिदै सभ्य तरिकाले कोभिड संग जोगिएर घरमै खुसीयालीका साथ तिज मनाउन उहाँले सुझाव दिनु भयो ।

        यस्तै कार्यक्रममा बाणगंगा नगरपालीका वडा नं २ का अध्यक्ष बिष्णु पौडेलले वडाका सामाजिक कार्यमा अग्रसरता देखाउन नारी समूहलाई आग्रह गर्नुभयो । समूहमा अहिले ८० जना महिलाहरु रहेको बताउदै अध्यक्ष बिमला पौडेलले गाउका पछाडीपारिएका महिलाहरुको क्षेत्रमा काम गर्ने र उनीहरुलाई आर्थिक समाजिक क्षेत्रमा सवल बनाउने उद्देृश्य साथ काम गर्ने धारणा राख्नु भयो । कार्यक्रमकै अबसरमा समूहका सदस्यहरुले एकआपसमा शुभकामना साटासाट गर्दै दरदाने कार्यक्रम सम्पन्न गरेका छन । समूहका उपाध्यक्ष दालकुमारी अर्यालको स्वागत, सचिव सन्तोषि कडेलको सञ्चालनमा आयोजीत कार्यक्रममा वडा नं २ महिला सदस्य टिका कुमारी अधिकारी, बिमला परियार लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । 

प्रकाशित : १९ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६