काठमाण्डौ १९ साउन । विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो ।राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुको पाटन अस्पतालमा परीक्षण गरिनेछ ।त्यसका लागि अखिल नेपाल फुटबल सङ्घले ७० वटा परीक्षण गर्ने अनुमति पाइसकेको छ ।
पहिलो चरणमा उपत्यका बाहिरबाट आएका खेलाडीको परीक्षण हुनेछ । दोस्रो चरणमा काठमाण्डौमा बस्दै आएका तथा विभागीय टिमका खेलाडीको परीक्षण हुनेछ । त्यसपछि खेलाडीसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्राउण्ड तथा होस्टल कर्मचारीको परीक्षण हुनेछ । विश्वकप छनोट प्रतियोगिताका खेल खेलाउन एसियाली फुटबल महासङ्घले प्रस्ताव गरेको मिति पारित भएमा खेल सुरु हुन दुई महिनाको समय बाँकी छ ।
प्रतिक्रिया