ब्रेकिंग न्युज

तौलिहवामा मासु व्यापारीमा लक्षण सहितको कोरोना ।



कपिलवस्तु

२० साउन २०७७

श्वास प्रश्वासमा समस्या देखिएका कपिलवस्तु नगरपालिका १ तौलिहवाका २२ वर्षीय मासु व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ । निमोनिया लागेको शङ्का लागे पछि उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागी गएका थिए । स्वाब फेर्न गारो भएपछि उनलाई पिसिआर परीक्षण गरिएको थियो । सोमवार कोरोना भएको पुष्टि भएको थियो । सङ्क्रमितले जिल्ला सदरमुकाम तौलिहवामा मासुको व्यापार गर्दै आएका थिए । 

हाल उनी आइसियुमा उपचाररत रहेका छन् । कपिलवस्तुमा अहिले सम्म ३ कोरोना सङ्क्रमितको आइसियुमा उपचार भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । थापाका अनुसार कोरोना सङ्क्रमित ती व्यापारी बाहिर कतै गएका थिएनन् । संक्रीमतको कनट्याक्ट ट्रेसिंग भई नजिक सम्पर्क भएकाको बुधवार स्वाब सङ्कलन हुने बताइएको छ । 

कपिलवस्तुमा लकडाउन खुले पछि केही समुदायमा कोरोना सङ्क्रमण भएको देखिन सुरु भएको छ । यस अगाडी शिवराज नगरपालिकामा समुदायमा रहेका  १३ जना र तौलिहवाका १ व्यापारीमा कोरोना सङ्क्रमण देखिएको थियो ।  जिल्लाका कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय १ पुगेको छ । जिल्लामा ५३ सङ्क्रमित उपचारमा रहेका छन् ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६