ब्रेकिंग न्युज

बाणगंगा ८ का अति बिपन्न १ सय ६० घर परिवारले निशुल्क मिटर पाए



 साउन २० कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा ८ का अति बिपन्न १ सय ६० घर परिवारले निशुल्क मिटर बक्स पाएका छन । नेपाल विद्युत प्राधिकरण तौलिवहवा वितरण केन्द्र र बाणगंगा ८ को सयुक्त आयोजनामा वडाभित्र रहेका अतिविपन्न घर परिवारलाई मंगलबार एक कार्यक्रमका बिच निशुल्क मिटर वितरण गरिएको हो ।  हुकिङबाट हुने विद्युत चुहावट नियन्त्रण गर्न गरिब परिवारलाई निशुल्क मिटर वितरण गरिएको वडा अध्यक्ष गुणनिधि भूषालले बताउनुभयो ।

               बाणगंगा नगरपालिकालाई  बिद्युत चुहावट मुक्त गराउने उद्देश्यका साथ यस अघि वडा नं २ ,७ र ११ मा निशुल्क बिद्युत मिटर वितरण गरिएको प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख जयकुमार यादबले बताउनुभयो ।  केन्द्र प्रमुख यादबले खरिद गर्न नसक्ने विपन्न परिवारले निशुल्क मिटर वितरण गर्दै आएको बताउनुभयो । अन्य वडाका विपन्न परिवारलाई पनि क्रमशः मिटर वितरण गरिने उहाले बताउनुभयो । उहाले मिटर नभएकै कारण स्थानीयले हुकिङ गरेर विद्युत चोरी गर्ने गरेको पाइएकाले महसुल तिरेर सेवा लिन प्रेरित गर्ने उद्देश्यले निशुल्क बाँडिएको बताउनुभएको छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६