कपिलवस्तु, २० साउन । शुक्रवार भिममायाको साहारा सातको पात शीर्षकमा प्रकाशित समाचार तथा फोटो हेरे पछि समाजसेवीहरुको ध्यान तानियो ।समाचारमा भने जस्तै कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको वडा नम्बर–४ मा बस्दै आउनु भएका भिममाया र रुकबहादुरलाई साहाराको खाँचो रहेको महसुस गर्दै बिभिन्न स्थानबाट आर्थिक सहयोग गर्न भन्दै केहि सामाजिक अभियान्ताहरु उहाँहरुको घरमा पुगे ।
घरभित्र छिर्दा न बस्ने ठाउँ भेटिन्छ न त खाने ठाउँ देखिन्छ । घरभित्र धिपधिप बलेको चुलोमा कालो कराईमा चिया बसाइराखेको छ। सुत्ने ,सरसमान राख्ने र खाना बनाउनै एउटै कोठा छ । भित्र दुई वटा भाँिचन लागेका खाट पनि सँगै देखिन्छ।उमेरले परिवारको रेखदेखमा आराम गरेर बस्नुपर्ने बेलामा रुक बहादुर र भिम मायाले जँगलमा पात टिपेर जीवन गुजारा गर्दै आउनु भएको छ।
गाँउ घरमा पुजापाठ,वर्त बन्धन,श्रद्धा सबै कार्यमा यीनै जोडिले टिपेको पातबाट दुना टपरी प्रयोग हुन्छ । पात बेचेर नै तिन छोरीलाई पढाउने हुर्काउने गरेको भिम मायाको भनाई छ । बिडम्वना उमेरले ७० काटि सक्दा पनि यो परिवार सँग नागरिकता छैन सामाजिक सुरक्षा भता पाउन बाट वञ्चित छन् । तरुण दल र नेविसंघ कपिलवस्तुले दैनिक आवश्यक पर्ने खाद्यन्न सामाग्री साथै बासँका कुहिन लागेका भाटा तेस्र्याएर बनाइएको शौचालय तथा घरका निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । गरिवहरुको सहयोगका लागि आफुहरु सदैव लागि पर्ने तरुण दल नेपालले जनाएको छ ।
यता बढ्यौली अबस्थामा नागरिकता गुमाएका र पात बेचेर जिविकोपार्जन गर्दै आएका यी जोडिलाई कपिलवस्तु र रुपन्देहि जिल्लाका सामाजिक अभियान्ता अस्मिता घिमिरे र अर्जुन रेग्मी लगायतको पहलमा घरमै पुगेर सहयोग गरिएको छ । खाद्यन्न ,लताकपडा तथा रकम हस्तान्तरण गर्दै अभियानकर्ता घिमिरेले परिवारको अवस्था बुझेपछि देशविदेशका साथीहरु संगको सल्लाहमा सहयोग गर्ने मनसाय बनाएको बताउनुभयो ।
भेटघाटका क्रममा उमेरले वृद्ध हुनु भएका र छाक टार्न धौधौ पर्ने अबस्थामा रहनु भएका बुबाआमालाई सहयोग गर्न पाउदा खुसि लागेको अर्जुन रेग्मीको भनाई छ ।आफना अगाडि भएका धेरै सामाग्रीमा भन्दा भिममायाको ध्यान रातो साडिमा देखिन्थ्यो ।महिनौबाट एउटै लुगामा रहेका यी जोडिले नयाँ कपडा फर्न पाउदाको खुसि उनीहरुको अनुहारबाट झल्किन्छ ।
सालका पात बेचेर जिवन धान्दै आएका भिम माया र रुक बहादुरले केहि दिन अगाडिको समाचारका कारण धेरै ठाँउबाट सहयोगका लागि आएको बताउनु भयोे ।रुक बहादुरले आशु बगाउद,ै “साहाराविहिन हामीलाई प्राप्त राहत खाद्यान्न अमृत सरह भएको छ अब केहि दिन मिठो मसिनो खाना पाउदा खुसि लागेको छ ” ।“बर्खायामको पानि घर भित्र पस्दा निद्रा लाग्दैन् घरको छानोमा चारैतिर बाट दुलो परेको छ” भिम मायाले सुनाउनु भयो ।
यो भन्दा पहिला आफुहरुलाई सहयोग गर्न कोहि नआएको भन्दै रुक बहादुरले हर्षका आशु खसाल्नु हुन्छ । त्यस्तै केहि दिन यता प्रकाशित समाचार पछि राष्ट्रिय युवा संघ नेपाल ठाकुरापुरका युवाहरुले समेत खाद्यान्न समाग्री सहित आवश्यक पर्ने खानेकुरा उपलव्ध गराएको युवा संघका केन्द्रिय सदस्य गोपालमणी ज्ञवालीले जनाउनु भयो । वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले यी परिवारको हातमा छिटै नागरिकता पुराउने दावि गर्नुभयो ।वडाबाट उपचार खर्च र राहत उपलब्ध गराएको क्षेत्रीको भनाई छ ।
प्रतिक्रिया