अर्थ-वाणिज्य

१६५ बिपन्न परिवारका लागि शौचालय निर्माण



कपिलवस्तु २० साउन । कपिलवस्तुको बिजयनगर गाउँपालिकाका १६५ गरिब तथा बिपन्न घरपरिवारका लागि शौचालय निर्माण गरिएको छ । केन्द्रिय राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्र्तरगत  वडा न ६ का विभिन्न गाउँहरुमा शौचालय निर्माण भएको छ । वडाको खडौचा गाउँमा ११ वटा,बदौरमा ४६ वटा ,प्रेमनगरमा १२ वटा ,छुटपाटीमा ३४वटा ,खजानीमा १७ वटा, डेहवामा ३१ वटा,बिक्षिहवामा १५ वटा घरपरिवारमा शौचालय निर्माण भएको हो ।

            रु ५० लाखको लागतमा निर्माण भएका उक्त शौचालय प्रयोग गर्न सुरु गरिएको छ । शौचालय निर्माण गर्न नसकेका गरिब तथा बिपन्न परिवारहरुको पहिचान गरि शौचालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । लामो समयदेखि कच्चि तथा अव्यवस्थित शौचालय प्रयोग गर्ने बाध्य रहेका घरपरिवारलाई शौचालय निर्माण गरेर हस्तानतरण गरिएको उहाँले बताउनुभयो । “सबै शौचालय निर्माण गरि काम सकिएको छ,कतिपयमा वर्षातको समस्याले रिङ राख्न सकिएको छैन” थापाले भन्नुभयो,“पालिकाले लिएको पूर्ण सरसफाई अभियानलाई सफल बनाउन सहयोग गरेको छ, ।

            ” योजना आयोग सँग गाउँपालिकाका सबै वडामा रहेको बिपन्न परिवारमा शौचालय नभएका घरहरुमा निर्माणको लागि माग गरेको भएपनि १६५ वटा मात्र परेको थापाले बताउनुभयो । शौचालय निर्माणको लागि वडा स्तरीय उपभोक्ता समिति गठन गरि स्थानियले नै निर्माण गरेको वडा अध्यक्ष प्रेम बहादुर कलवारले बताउनुभयो । शौचालय निर्माणको क्रममा वडा समितिले पटक पटक अनुगमन गरि सम्पन्न भएको उहाँले बताउनुभयो । अझै केहि गाउँका विपन्न नागरिकहरु शौचालय बिहिन रहेकोले गाउँपालिका तथा केन्द्र सरकार सँग माग गरिएको कलवारले बताउनुभयो । बिहान साझको छाक टार्न समस्या परेको बेला शौचालय निर्माण गरिदिएको स्थानिय सुभावती पालले धन्यवाद दिनुभयो ।

       वडाले पटक पटक शौचालय निर्माण गर्न आग्रह गरेपनि पैसाको अभावलले बनाउन नसकेको र अहिले सरकारले गरिदिएकोमा खुसि व्यक्त गर्नुभयो ।  वडाका गरिब घरपरिवारहरुले खुल्ला चौरमा शौच गर्ने वाध्यता अब हटेको शौचालय निर्माण उपभोक्ता समितिका सचिव दिनेश तिमिल्सेनाले बताउनुभयो  । प्रति शौचालय रु ३३ हजार खर्च लागेको बताउदै शौचालय निर्माणमा स्थानियको पूर्ण साथ रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६