शिक्षा

घोराही उपमहानगरपालिका भित्रका विद्यालयमा थारू भाषामा पठनपाठन हुने



नारायणपुर २० साउन । दाङको घोराही उपमहानगरपालिका भित्रका विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि उपमहानगरपालिकाले थारू कल्याणकारिणी सभाको सहयोगमा पाठ्यक्रम तयार समेत गरेको जनाएको छ । पाठ्यक्रम उपमहानगरपालिकाभित्रका थारू बाहुल्य रहेका विद्यालयमा लागू हुनेछ ।पाठ्यक्रमको बालबालिकाका लागि आफ्नै मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने, नयाँ विषयवस्तुलाई आफ्नो मातृभाषामा शिक्षण धारणा स्पष्ट भई आत्मविश्वासको विकास गराउने, विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक विकासलाई प्रभावकारी सहयोग पु¥याउने पाठ्यक्रमको ध्येय रहेको छ । यसैगरी थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै दोस्रो भाषामा सिक्न सजिलो बनाउने र थारू भाषाको संरक्षण, प्रवद्र्धन र विकासमा टेवा पु¥याउनेलगायतका ध्येय समेत रहेको छ । 

सोह्रवटा विषयवस्तु र चारवटा कार्यक्षेत्र समेटेर पाठ्यक्रम तयार पारिएको

          थारू कल्याणकारिणी सभाका अध्यक्ष एवं थारू मातृभाषा पाठ्यक्रम टोलीका संयोजक भुवन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विषय कार्यक्षेत्रमा सुनाइ र बोलाइमा ९ध्वनि सचेतीकरण०, पढाइमा पठन प्रवाह ९अर्थबोध र पठनबोध०, लेखाइमा ९लेख्य वर्ण सचेतीकरण र लेखाइ० र शब्द भण्डारण र व्याकरण रहेका छन् । विषयवस्तुमा मै ओ म्वार परिवार, म्वार दैनिकी, हमार समुदाय, हमार विद्यालय, हमार वातावरण, म्वार स्वास्थ्य रहेको छ । म्वार सिर्जना, हमार संस्कृति, असल व्यवहार, हमार बजार, हमार देश, म्वार संसार, खेल, हमार प्रविधि, हमार सीप र सूचना, सञ्चार रहेका छन् । 

         उपमहानगरपालिकाले गत वर्षदेखि थारू भाषालाई सरकारी कामकाजीको भाषा बनाइसकेको भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन । गत वर्षदेखि नै थारू बाहुल्यता रहेका विद्यालयमा मातृभाषामा पढाउने निर्णयसमेत भएको थियो । पहिलो चरणमा कक्षा १ देखि ३ सम्म थारू भाषाको पाठ्यक्रम पठनपाठन हुने उपमहानगरपालिकाका  प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । “ उपमहानगरपालिकाभित्रका थारूहरुको बाहुल्यता रहेको विद्यालयमा  पाठ्यक्रम लागू हुनेछ”, उहाँले भन्नुभयो । 

नेपालको संविधानमा मातृभाषाबाट पनि पठनपाठन गराउन सक्ने व्यवस्था छ । संविधानकोे व्यवस्थाअनुसार पाठ्यक्रम बनाउन थारू कल्याणकारी सभालाई जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो । “थारू कल्याणकारी सभाले पाठ्यक्रम बनाइसकेको छ उक्त पाठ्यक्रमलाई शिक्षा महाशाखाले हेरेर प्रतिक्रिया दिएपछि लागू हुनेछ”, उहाँले भन्नुभयो । घोराहीलाई थारू भाषाको पहिचानसहितको नगर बनाउने उद्देश्यअनुसार आधारभूत तहबाटै लागू गर्न खोजिएको उहाँको भनाइ छ । “थारू भाषालाई सर्वव्यापी बनाउन जरुरी छ, हामीले थारू भाषालाई जिल्लाव्यापी बनाउन नसके पनि घोराहीव्यापी बनाएरै छाड्छाँै”, उहाँले भन्नुभयो ।तुलसीपुर उपमहानगरपालिकाले गत शैक्षिक वर्षदेखि मगर बाहुल्य क्षेत्रका विद्यालयहरुमा मगरभाषाको पढाइ सुरु गरिसकेको छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६