ब्रेकिंग न्युज

प्रदेश ५ मा कांग्रेस संसदीय दलको नेतामा कनौडिया



बुटवल २० साउन। प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् ।मंगलबार बुटवलमा बसेको पार्टी संसदीय दलको वैठकले कपिलवस्तु ३ (ख) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेका थिए ।

           गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए । कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए ।दलको नेता चयन भएपछि अनलाइनखबरसंग संक्षिप्त प्रतिक्रिया दिंदै कनौडियाले अब प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न भूमिका खेल्ने बताए ।प्रदेश सभामा विपक्षी दलको भूमिका कमजोर र प्रभावहीन रहेको भन्दै स्वयं कांग्रेस नेता र कार्यकर्ताहरुले आलोचना गर्दै आइरहेका छन् ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६