रुपन्देही २० साउन । रुपन्देहीको क्वरेण्टीनमा खटिएका एक सुरक्षा गार्डले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालयले आफ्नै शरीरमा आगो लगाउँदा उनको जलेर ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार वडा नम्बर ७ शीतल नगरको क्वरेण्टीनमा खटिएका सुरक्षा गार्ड बस्यालले बिहान ४ बजेतिर आफ्नो शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको अवस्थामा भेटिएका थिए । स्थानीय देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि पाल्पा लैजाँदै गर्दा उनको बुटवलमा ज्यान गएको हो । उनी मानसिक रोगका बिरामी भएको बताइएको छ । आगो लगाउनुका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२० श्रावण २०७७, मंगलबार
प्रतिक्रिया