कपिलवस्तु २० साउन । कपिलवस्तु नै देशको कोरोना हट स्पटका रुपमा चिनिने स्थितीमा पुगेको कपिलवस्तुको यशोधरा गाउ पालिका र महाराजगंज नगरपालिकामा समुदाय स्तरमा कोरोना नफैलिएको पाइएकोछ । समुदाय स्तरमा फैलिएको वा नफैलिएको भनेर गरिएको परिक्षणमा एकजना पनि संक्रमित नभेटिएपछि यशोधरा गाउपालिका र महाराजगंज नगरपालिका कोरोनामुक्त भएका छन्। महाराजगंज नगरपालिकामा ७५ जना र यशोधरामा ५३ जनाको कोरोना संक्रमण परिक्षण गरिएको थियो ।
भीडभाडमा पसल र मेडिकल चलाउने, स्वास्थ्यकर्मी , प्रहरी ,र होटल संचालक लगायतको स्वाव संकलन गरिएको थियो । यता यसअघि जिल्लामा सबै भन्दा बढी यशोधरामा १ सय ६८ जना तथा दोश्रोमा रहेको महाराजगंज नगरपालिकामा १ सय २२ जना संक्रमित भेटिएका थिए । पहिले भेटिएकाहरु संक्रमणबाट निको भएपछि र पछिल्लो परिणाम अनुसार कोही पनि नयाँ संक्रमित नभेटिएपछि दुई पालिका कोरोनामुक्त भएको भएका हुन्। वैशाखको अन्तिम साताबाट यशोधरामा एकै पटक १२ जना संक्रमित भेटिएका थिए । त्यसयता असार पहिलो सातासम्म नै संक्रमित थपिदै गएका थिए । सरकारले नया निर्देशिका जारी गर्दै आइसोलेनमा १४ दिन बसे लक्षण नदेखे पछि घर फर्काउने नियम बनाएपछि गाउपालिका कोरोनामुक्त बन्दै गएको हो ।
अहिले यशोधरामा सबै संक्रमितहरू घर फर्कि सकेको पालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले बताउनु भयो । विगतमा समय मै परिक्षण नहुदा र रिपोर्ट ढिलो आउदा वडा नम्बर ८ र ६ मा रहेका क्वारेन्टीनबाट ६० जना बढी मान्छेहरू फरार समेत भएका थिए । पछि प्रहरीको सहयोगमा उनीहरूलाई फिर्ता ल्याइएको थियो । ‘ बैशाख तेश्रो साता देखि झल्दै आएको समस्या बल्ल पार लगको छ,’ प्रमुख प्रशासकिय अघिकृत रामचन्द्र ढकालले प्रेसपटीलाई भन्नु भयो । कोरोनाको रोकथम,र ब्यवस्थापनमा पालिकाले २ करोड बढी खर्चेको छ । पछिल्लो चरणमा कोरोनाको समुदाय स्तरमा फैलावट वारे गरिएको ..जनाको परीक्षणमा एकजना पनि संक्रमित नभेटिएको जिल्ला स्वास्थ्य कार्यलयका फोकल पर्सन कुमार थापाले जानकारी दिनु भयो । यता कपिलवस्तुमा मंगलवार थप ५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।जिल्लाको कृष्णनगर नगरपालिकाबाट कुल १३३ नमुना संकलन मध्ये ५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।
समुदायबाट संकलन गरिएको सबै नमुना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षण भएको हो ।जस अनुसार कृष्णनगर नगरपालिका वाड न २ बर्ष २१ र २५ पुरुष २, वाड न ८ का बर्ष १२ का पुरुष १ र ६ बर्षको १ बालिका र वाड न ११ का बर्ष ४० का पुरुष १ रहेका छन । यस सगै कपिलवस्तु जिल्लामा सन्क्रमितको संख्या ८०६ पुगेको छ ।बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रतिक्रिया