बुटवल २१ साउन ।रात्रीकालिन बजार संचालनकालागि बुटवल उपमहानगरपालिका जुरमुराएकोछ । फलस्वरुप बटवल उद्योग बाणिज्य संघ अध्यक्ष खिम बहादुर हमालको घर भत्काएको छ ।उहाकै घर भत्काउन भएको अवरोधले लामो समय सम्म यो कार्य अवरुद्ध थियो । बुटवलको वडा नं ११ योगिकुटी देखि वडा नं ६ को कृर्षि थोक उपजकेन्द्र सम्म रहेको कालिकापथ बिस्तारको क्रममा सडक सिमा भित्र रहेको भन्दै उक्त घर वडा नं ११ कालिकापथमा रहेको उक्त घर भत्काईएको हो ।
बुटवलको उज्यालो क्षेत्र र रात्रीकालीन समयमा समेत ब्यवसायको प्रमुख केन्द्र बनाउने उदेश्यका साथ बिस्तार सूरु गरिएको कालिका पथ सडक निर्माण कार्य बुटवल उद्योग बाणिज्य संघकै अध्यक्षका कारण अवरुद्ध भएको थियो ।बुटवल उपमहानगरपालिकाको नाली बिस्तारका लागि बिनियोजित बजेट र प्रदेश सरकारको ६ लेनमा चौडा गर्नका लागि बिनियोजन गरेको बजेटबाट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सूरु गरिएको उक्त निर्माण कार्य रोक्न भन्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्षले अदालतमा गएपछि निर्माण कार्य रोकिने अवस्थामा पुगेको हो ।
बुटवल उपमहानगरपालिकाको ९ र ११ नं वडा भएर उत्तर दक्षिण निर्माण हुने उक्त सडक बिस्तारमा वडा नं ९ मा रहेका सडक किनारका सबै बासिन्दाले घर टहरा तथा पर्खाल भत्काएको भएपनि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले अटेर गर्दै आउनु भएको थियो ।हमालले सडकमा पर्ने आफ्नो घर नभत्काएका कारण उहाकै घर छेउमा आएर नाली निर्माण कार्य अवरुद्ध भएको थियो । हमाल अहिले सडक निर्माण रोक्ने उदेश्यले सर्वोच्च अदालत जानु भएको छ ।
तर नगरले घर भत्काएर आफ्नो काम अगाडी बढाएको छ । हमालले आफुले बुटवल उपमहानगरपालिकामा आफुले कालिका पथ सडक किनारमा घर बनाउदा ५० फुटमा घर बनाउने अनुमती पाएको र सोही बमोजिम नक्सा पास गरेकोले नगरपालिकाले ८२ फुट सडक बनाउदा आफ्नो निजी सम्पती हानी नोक्सानी हुने भन्दै उक्त कार्य रोक्न आन्तरीम आदेश माग गर्नु भएको थियो । तर अदालतले हमालको माग बमोजिमको आदेश भने दिएन ।फलस्वरुप उपमहानगरपालिका डोजर लगाएर अवरोध हटाउन अघि बढेको हो ।
प्रतिक्रिया