ब्रेकिंग न्युज

कृष्णनगरका समुदायमा फेरी भेटिए कोरोना संक्रमित ।



कपिलवस्तु  २१ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना संक्रमण थप भएको छ । बुधवार ५ जना थप भए पछी समुदायमा संक्रमितको संख्या १० पुगेको छ । थप भएका मध्ये नगरपालिकामा कार्यारत १ सव ईन्जीनियर सहित २ कर्मचारी , १ स्वास्थ्यकर्मी, र २ जना नेपाल बैंक कृष्णनगरका कर्मचारीमा रहेका छन् । समुदायमा समुदायमा कोरोना जाँच गर्नका लागी कृष्णनगर नगरपालिकाबाट १३३ नमुना संकलन गरीएको थियो । 

मंगलवार १ बैंकका कर्मचारी, १ जना स्थानिय ब्यापारी , १ जना शिक्षक र २ बिद्यार्थीमा कोरोना देखिएको थियो । जिल्लामा कुल ८११ संक्रमित मध्ये ६३ जना उपचाररत रहेका छन । समुदायमा कोरोना परिक्षण गराउदा महाराजगंज नगरपालिका र यशोधरा गाँउपालिकामा कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । 

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६