ब्रेकिंग न्युज

कोरोना उपचरमा नयाँ आयाम : बुटवलमा आइपुग्यो सिस्टर रोवोट



बुटवल २२साउन । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवलको कोरोना विशेष अस्पतालका बिरामीलाई औषधि पु¥याउन ‘सिस्टर रोबोट’ प्रयोग गरिने भएको छ । यूएनडीपीले बुधबार अस्पताललाई रोबोट उपलब्ध गराएको हो । यूएनडीपीका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनालले अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई रोबोट हस्तान्तरण गर्नु भएको छ । 

        संक्रमितसँग हेलमेल भइ राख्नुपर्ने नर्सलगायत स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराइएको यूएनडीपीका प्रदेश संयोजक सुदीप अर्यालले वताउनु भयो । २ लाख लागतको रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो । बिरामीलाई नर्सले जस्तै हेरचाह गर्ने भएकाले यसको नाम ‘सिस्टर रोबोट’ राखिएको हो । 

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६